मलेखु-ताल्ती सडकमा सवारी शुल्क नलिन आशिका तामाङको निर्देशन

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद आशिका तामाङले ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु न्यायोचित नभएको बताएकी छिन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तामाङले मलेखुदेखि ताल्तीसम्म सञ्चालन हुने सवारी साधनबाट अब कुनै पनि प्रकारको शुल्क नलिइने घोषणा गरेकी हुन्।

उनले ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायोचित हो?’ भन्ने प्रश्न उठाउँदै सम्बन्धित निकायलाई शुल्क नलिन निर्देशन दिइसकेको जानकारी दिइन्।

साथै, उनले उक्त मार्गमा कसैले जबरजस्ती शुल्क असुल गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनीसमेत दिएकी छिन्।

सम्बन्धित समाचारसबै