समानुपातिक सांसदहरूको बन्द सूची सार्वजनिक, बिहीबार प्रमाणपत्र वितरण(सूची)

0 Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको बन्द सूची सार्वजनिक गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै विभिन्न राजनीतिक दलबाट चयन भएका समानुपातिक सांसदहरूको नामावली सार्वजनिक गरेको हो।

नेपालको संविधानअनुसार प्रतिनिधिसभाका कुल २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सिट समानुपातिक निर्वाचन प्रणालीबाट पूर्ति हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार दलहरूले प्राप्त मतका आधारमा समानुपातिकतर्फ सांसद चयन गरेका हुन्।

आयोगका अनुसार सार्वजनिक गरिएको सूचीअनुसार निर्वाचित भएका सांसदहरूलाई आगामी बिहीबार बिहान साढे ११ बजे प्रमाणपत्र वितरण गरिनेछ। प्रमाणपत्र वितरणपछि नयाँ प्रतिनिधिसभा गठनको प्रक्रिया थप अघि बढ्नेछ।

समानुपातिक प्रणालीमार्फत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखिएको छ, जसअनुसार विभिन्न समुदाय, वर्ग, लिङ्ग तथा क्षेत्रका व्यक्तिहरूलाई प्रतिनिधित्व गराइने व्यवस्था रहेको छ।कुन पार्टीबाट को भए समानुपातिक सांसद? सूची-

Adobe-Scan-16-Mar-2026-1

सम्बन्धित समाचारसबै