एक युग लीलबहादुर क्षत्रीको,

0 Shares

आसाम | यस धर्तीमा पूरै ९२औँ वसन्त भोगेर साहित्यकार लीलबहादुर क्षत्री भर्खरै (१४ मार्चमा) अस्ताए, आसामको गुवाहाटीदेखि ।

८३औँ वसन्तमा हिँड्दै गर्दा उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘लेख्दै छु— भूमिका, शुभकामना, फर्माइसी रचना, स्मृति ग्रन्थका सामग्री आदि । यो मेरो हार्न नसक्ने बाध्यता हो । अब त कुनै नयाँ पुस्तक आसामका यो भेकतिर निस्कियो भने कतै लीलबहादुरको भूमिका पो छ कि भनेर पनि पाठकले किन्छन् रे भनेको सुन्छु ।’

२४ वर्षको उमेरमा ‘बसाइँ’जस्तो कालजयी उपन्यास लेखेर नेपाली आख्यानाकाशमा उदाएका क्षत्री आफ्नो जीवनभरि नेपाली भाषा–साहित्यको उन्नयनमा अग्रसर रहे; समाजका विसंगति र विकृतिविरुद्ध विद्रोह बोलिरहे ।

‘बसाइँ’ उपन्यासमा पूर्वी नेपालका कतिपयले देश छाड्नुपरेको कथा–व्यथा बुनिएको छ । बसाइँ’कै दोस्रो भाग ‘जस्तो गरी’ उनको अर्को उपन्यास आएको छ, ब्रह्मपुत्रको छेउछाउ (सन् १९८६) । यी दुवै उपन्यासमा उनी र उनका पितापुर्खाको समेत समकालीन संवेदना मुछिएको आभास हुन्छ ।

सम्बन्धित समाचारसबै