0
Shares
काठमाडौं- रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका एक दर्जनभन्दा बढी
नेपालीका आफन्तजन राहत र क्षतिपूर्तिको खोजीका लागि रुसको राजधानी मस्को गएको
नेपाली अधिकारीहरूले बताएका छन्।
परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका कार्यवाहक महानिर्देशक लेखनाथ गौतमका अनुसार बेपत्ता रहेका भनिएका केही परिवारका सदस्य पनि आफन्तको खोजी गर्दै रुस गएका छन्।
उनले मस्कोस्थित नेपाली दूतावासको सिफारिसमा आफूहरूले १६ जनालाई रुस जना अनुमति दिइएको बताए।
गौतमका अनुसार रुस जाने अधिकांशमा रुसी सेनामा भर्ती भएका पुरुषहरूका श्रीमतीहरू नै छन्। उनले भने, “कोहीका नजिकका नातेदारहरू पनि हुनुहुन्छ। कानुनी हकदार नै चाहिने भएकाले अधिकांशको श्रीमतीहरू नै जानुभएको छ।”