रमिता बढी भयो: शिक्षकहरूको आन्दोलनप्रति रामकुमारी झाँक्रीको टिप्पणी

0 Shares

काठमाडौं-शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै नेतृ झाँक्रीले सडकबाट शिक्षा ऐन पास नहुने भएकाले शिक्षकहरूको रमिता बढी भएको टिप्पणी गरेकी हुन् ।

शिक्षा ऐन अहिले नै पास हुनुपर्छ नत्र विद्यालय फर्किँदैनौँ भन्न शिक्षकले नमिल्ने उनले बताएकी छिन् ।

‘अबचाहिँ शिक्षकहरूको रमिता बढी भयो । मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु । यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ । के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखेँ । मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौँ भन्ने लाग्यो । शिक्षक, सरकार र संसदको बीचमा समन्वय र संवाद गराउनु पर्‍यो भनेर धेरै कोणबाट उहाँहरूसँग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरेँ । तर, उहाँहरू त संवाद नै नगर्ने रे ?  शिक्षा ऐन अहिले नै पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्कँदैनौँ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र ?,’ उनले प्रश्न गरेकी छिन् ।

सम्बन्धित समाचारसबै