0
Shares
काठमाडौं- चीनको गुइझाउ प्रान्तमा यसै जुन महिनामा एउटा विशाल पुल बन्दैछ । जुन पुल निर्माण सम्पन्न भइसकेपछि विश्वकै सबैभन्दा अग्लो पुलको रुपमा रेकर्ड राख्नेछ ।
रोचक तथ्य त के छ भने, चीनको पहाडी प्रान्त गुइझाउमा विश्वकै सबैभन्दा अग्ला १ सय वटा पुलमध्ये झन्डै आधा पुल छन् ।
र थपिँदैछ एउटा नयाँ विशाल अग्लो पुल । जुनको पुलको नाम हुआजिआङ ग्रान्ड क्यानोन ब्रिज भनिएको छ । यो नदी सतहदेखि २ हजार ५१ फिट उचाइमा रहेको यो पुल फ्रान्सको मिलाउ भियाडक पुलभन्दा ९४७ फिट अग्लो हुनेछ|
जवकि हालसम्म फ्रान्सको उक्त पुलले नै विश्वको सर्वाधिक अग्लो पुलको रेकर्ड कायम गरेको छ । तर आगामी जुन महिनापछि हुआजिआङ ग्रान्ड क्यानोन ब्रिजले फ्रान्सको मिलाउ पुलको रेकर्ड तोडिदिनेछ ।