विदेशी विद्यार्थीको कानुनी मान्यता अन्त्य गर्ने यस्तो छ ट्रम्प प्रशासनको योजना

0 Shares

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थीहरूको कानुनी मान्यता अन्त्य गर्ने घोषणा गरेको छ । विद्यार्थी भिसा रद्द गरिएका  हालैका घटनाहरू पछि अमेरिकी सरकारले संघीय अदालतलाई नयाँ नीतिको पूर्ण विवरण दिएको हो ।

मार्चको अन्त्यदेखि १७० भन्दा बढी विश्वविद्यालय र कलेजमा अध्ययनरत हजारौँ विद्यार्थीको भिसा वा कानुनी स्थिति रद्द गरिएको छ । यस विषयमा धेरै विद्यार्थीले अदालतमा मुद्दा दायर गरेका छन् ।

आफूहरूलाई न त कुनै चेतावनी दिइएको न त स्पष्टीकरण दिने मौका नै दिइएको विद्यार्थीहरूको भनाइ छ । सरकारी कारबाही पछि, केही विद्यार्थी अध्यागमन अधिकारीहरूले समात्ने डरले लुकेर बसेका छन् । केही आफ्नो पढाइ छोडेर घर फर्किएका छन् ।

कानुनी मान्यता रद्द गर्ने विरुद्ध अदालत पुगेका विद्यार्थी अक्षर पटेलको मुद्दामा सरकारले अदालतलाई आफ्नो नयाँ नीतिको बारेमा जानकारी गराएको थियो । अक्षर पटेल टेक्सासमा सूचना प्रणाली अध्ययन गर्ने विदेशी विद्यार्थी हुन् । पटेलको कानुनी हैसियत यसै महिना समाप्त भएर बहाल गरिएको थियो । डिपोर्ट हुनबाट बच्न उनले प्रारम्भिक अदालती फैसला माग गरेका थिए ।

सरकारले नयाँ नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको कानुनी स्थिति पुनर्स्थापित गरिरहेको अधिकारीहरूले अदालतलाई बताएका छन् । नीतिले विद्यार्थीहरूको कानुनी स्थिति खारेज गर्नुका धेरै कारणहरू उल्लेख गरेको छ । यसमा उनीहरूको भिसा रद्द गर्नुको कारण पनि समावेश गरिएको छ ।

 

सम्बन्धित समाचारसबै