नक्कली सरकारी एजेन्ट बनेर वृद्धलाई ठग्ने दुई भारतीय अमेरिकामा पक्राउ

0 Shares

काठमाण्डौ – अमेरिकामा अध्ययनरत दुई भारतीय विद्यार्थी समातिएका छन् ।

एक वृद्ध व्यक्तिलाई ठगेको आरोपमा महम्मदिलहम वाहोरा र हाजियाली वाहोरालाई प्रहरीले समातेको हो ।

यी दुवै अभियुक्त विद्यार्थी शिकागोको इस्ट–वेस्ट विश्वविद्यालयमा अध्ययनरत थिए । दुवै विद्यार्थी भिसामा अमेरिकामा बस्दै आएका थिए । एल पासो काउन्टी शेरिफको कार्यालयका अनुसार दुवै जनालाई यसै महिना एल पासो काउन्टी जेलमा राखिएको थियो ।

उनीहरूमाथि वृद्धवृद्धाविरुद्धको अपराध, चोरी, डकैती र सम्पत्ति शुद्धीकरणलगायत जघन्य अपराधको आरोप लगाइएको छ ।

सम्बन्धित समाचारसबै