0
Shares
काठमाडौं- भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ ।
बिहीबार साँझ ७ बजेतिर नेपालको वीरगन्ज घर भएको प्रिसा साहको शव होस्टेलको कोठामा फेला परेको बताए । होस्टलबाट मोबाइललगायतका सामग्रीहरु वरामद गरी अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ । ‘हामी त्यहाँ पुगेर घटनाका विषयमा अनुसन्धान गरेका छौं । अझ विस्तृत अनुसन्धान गरिनेछ । वैज्ञानिक टोली आइपुगेको छ र सबै आवश्यक विवरणहरू सङ्कलन गरिएको छ। उनको परिवारलाई जानकारी गराइएको छ । शव पोस्टमार्टमको लागि एम्स पठाइएको छ,’ उनले भने ।