जमिनमुनि गाडी हराएको पाँचौ दिनमा भूगर्भविद्‍ले थाले अध्ययन

0 Shares

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सिमानामा पर्ने गैरीगाउँमा जमिन भासिएर गाडी नै बेपत्ता भएको क्षेत्रको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली आइपुगेको छ ।

जमिन भासिएर गाडी बेपत्ता भएको पाँचौं दिनमा नारायण अधिकारीको नेतृत्वमा विभागको चार सदस्यीय टोलीले अध्ययन थालेको हो ।

शुक्रबार दिउँसो ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो पिकअप गाडी गुड्दागुड्दै जमिनमा भासिएर बेपत्ता भएको गाडी धनी हरिराम राईले बताएका छन् । सो गाडीको खोजी जारी राखिए पनि अहिलेसम्म भेटिएको छैन ।

घटनास्थलको माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने अधिकारीले जानकारी दिए । प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी चुम्बकीय क्षेत्र र अन्य पदार्थको अवस्था सम्बन्धी अध्ययन गरिने छ ।

सम्बन्धित समाचारसबै