0
Shares
काठमाडौँ । भारत र पाकिस्तानका ह्याकिङ समूहबिच साइबर द्वन्द्व चर्किँदै गएको छ ।
इन्डियन साइबर फोर्स’ नामको समूहले पाकिस्तानका एक हजारभन्दा बढी सीसीटिभी क्यामेरा नियन्त्रणमा लिएको दाबी गरेको छ |
भारतको मिलिटरी इन्जिनियरिङ सर्भिसेस (एमईएस), रक्षा अनुसन्धान संस्था (एमपी-आईडीएसए)को वेबसाइट ह्याक गरेको दाबी गरेपछि भारतीय समूह प्रतिकार उत्रिएको लेखेको छ ।
ह्याक गरिएका क्यामेरा पाकिस्तानका सरकारी कार्यालय, उद्योग क्षेत्र, विद्यालय, निजी कम्पनी, बैंक र एटीएमहरूमा जडान गरिएको बताइएको छ ।