१९३० किलोमिटरको दूरी तय, चालकविहीन ट्रकले

0 Shares

काठमाडौं । अमेरिकामा अब चालक नभएका ट्रकहरूले आधिकारिक रूपमा नियमित लामो दूरीको यात्रा सुरु गरेका छन् ।

चालकविहीन ट्रकले १९३० किलोमिटरको दूरी तय गर्दै डलास र ह्युस्टनबीचको रुटमा सामान ओसारपसार गरेर नयाँ इतिहास रचेको हाे ।

ट्रक कम्पनी अरोराले टेक्सासमा आफ्नो पहिलो व्यावसायिक सेवा सुरु गरेको घोषणा गरेको छ । उबर फ्रेट र हिर्सबाख मोटर लाइन्स यसका पहिलो ग्राहक हुन्, जसले समय र तापक्रम संवेदनशील सामानहरू ढुवानी गर्छन्। यी दुवै कम्पनीले यसअघि अरोराको “अरोरा ड्राइभर” नामक सेल्फ-ड्राइभिङ प्रविधि निगरानी गर्न सुरक्षा चालकसहित परीक्षण दौडहरू सञ्चालन गरेका थिए । तर अरोराको नयाँ व्यावसायिक सेवामा अब सुरक्षा चालक हुने छैनन्।

सम्बन्धित समाचारसबै