0
Shares
काठमाडौँ –शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँ घटेको छ ।
बिहीबार तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।