चिनियाँ राजदूतावासले आफ्ना नागरिकलाई नेपालतर्फबाट भारतीय भूमिमा प्रवेश नगर्न चेतावनी

0 Shares

काठमाडौं – नेपालस्थित नेपाल-भारत सीमा क्षेत्रमा भ्रमण नगर्न आफ्ना नागरिकलाई  चिनियाँ राजदूतावासले सचेत गराएको छ ।

दूतावासले आफ्ना नागरिकलाई नेपालतर्फबाट भारतीय भूमिमा प्रवेश नगर्न चेतावनी जारी गरेको हो । पछिल्लो पटक रक्सौल नाकाबाट केही चीनिया पक्राउ परेका थिए ।

भारत पाकिस्तान युद्धसँगै नेपाल भारत सीमा क्षेत्रमा कडा सुरक्षा बढाइएको छ । दूतावासको वीच्याट च्यानलमा चाइनिज भाषामा सो ट्राभल एडभाइजरी जारी भएको हो । नेपाल र भारत दुवै देशले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको र तनावको स्थिति रहेको भन्दै चीनिया नागरिकलाई बोर्डर क्षेत्रमा नजान भनेको छ ।

सम्बन्धित समाचारसबै