भारत-पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयले के भन्यो

0 Shares

काठमाडौँ-

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरसँग कुरा गरेका छन्।

भारतका विदेशमन्त्री जयशंकरले आफ्नो एक्स अकाउन्टमा मार्को रुबियोसँगको कुराकानीको बारेमा जानकारी दिएका छन् ।

यससँगै अमेरिकाले जयशंकरसँगको वार्ताबारे विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग कुरा गरेका छन्। विदेशमन्त्री रुबियोले दुवै पक्षले एकअर्कासँग प्रत्यक्ष कुराकानी गर्ने तरिकाहरू खोज्नुपर्नेमा जोड दिएका छन्, ताकि तनाव कम होस् र कुनै भ्रम नहोस्।’

सम्बन्धित समाचारसबै