ट्यारिफको कारण अमेरिकामा महँगी बढेको आशङ्का

0 Shares

काठमाडाैँ – अमेरिकामा गएको महिना महँगी थोरैले बढेको हुन सक्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च ट्यारिफ (अतिरिक्त भन्सार महसुल) लगाएपछि यसको असर बजारमा देखिएको हुन सक्ने अर्थशास्त्रीहरूले बताएका छन् ।

फ्याक्टसेटका अनुसार, उपभोक्ता मूल्यहरू गत वर्षको तुलनामा अप्रिलमा २ दशमलव ४ प्रतिशतले बढेको अनुमान गरिएको छ । यो मार्चकै हाराहारीको हो । तर वर्षको सुरुको भन्दा चाँहि यो कम छ । मासिक आधारमा, अर्थशास्त्रीहरूले मार्चदेखि अप्रिलसम्म उपभोक्ता मूल्य सूचकाङ्क  शून्य दशमलव ३ प्रतिशतले बढेको आशङ्का गरेका छन् । यस गतिले बढ्दै गएमा महँगी निकै खराब स्तरमा पुग्नेछ । गएको महिना झन्डै पाँच वर्षमा पहिलो पटक मुद्रास्फीति घटेको थियो ।

मङ्गलवारको प्रतिवेदनले ट्रम्पको ट्यारिफले अमेरिकी उपभोक्ताको खल्तीमा कस्तो दबाब पारिरहेको छ भनेर शुरुआती सङ्केत दिएको छ । मेक्सिकोबाट आउने कयौँ सामानमा फेब्रुअरीमै ट्यारिफ लागिसकेको थियो । तर ट्यारिफको असर मध्यम रहने अर्थशास्त्रीहरूले भनेका छन् । माग प्रभावित नहुनेगरी ट्यारिफमा भएको वृद्धिको भार कति उपभोक्ताको टाउकोमा हाल्ने भन्नेमै कम्पनीहरू अनिश्चित छन् । सोमबार अमेरिका र चीनबीच अस्थायी रुपमा दुबै देशले एकअर्कामाथि लगाएको ट्यारिफमा उच्च कटौतीबारे सम्झौता भएको छ ।

सम्बन्धित समाचारसबै