चीनले हटायो बोइङ खरिदमा लगाएको प्रतिबन्ध

0 Shares

काठमाडौं – अमेरिकी विमान निर्माता कम्पनी बोइङका विमान खरिदमा चीनले लगाएको प्रतिबन्ध हटाएको छ।

दुई देशबीच स्वीट्जरल्याण्डको जेनेभामा भएको वार्तामा भन्सार शुल्क अस्थायी रुपमा घटाउन सहमति बनेसँगै चीनले आफ्ना एयरलाइन्सहरूलाई बोइङका विमान खरिद गर्न अनुमति दिएको हो।

दुई देशले सोमबार ९० दिनका लागि भन्सार शुल्क घटाउने र वार्ता जारी राख्ने घोषणा गरेका थिए।

नेभामा वार्तापछि चीनले नयाँ कर १० प्रतिशतमा झारेको छ भने अमेरिकाले ३० प्रतिशतमा झारेको छ।

सम्बन्धित समाचारसबै