लौका र तिते करेलाको भाउमा गिरावट

0 Shares

 काठमाडौं । स्थानीय बजारमा तिते करेला र लौकाको भाउमा गिरावट आएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बुधबार यी दुई तरकारीको भाउमा गिरावट देखिएको हो ।

हिजो मंगलबार तिते करेला थोकमा प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा किनबेच भएकामा आज बुधबार भाउ घटेर किलोको ३२ रुपैयाँ कायम छ ।

यस्तै अर्को तरकारी लौकाको मूल्य आज प्रतिकिलो १७ रुपैयाँ कायम छ । हिजो भने लौका प्रतिकिलो २० रुपैयाँदेखि ३० रुपैयाँसम्म किनबेच भएको थियो ।

सम्बन्धित समाचारसबै