नेप्सेसँगै घट्यो कारोबार रकम

0 Shares

काठमाडौं – नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

नप्से १३.९६ अंकले घटेर २६२०.२७ विन्दुमा बन्द भएको छ।यसदिन कारोबार रकम पनि घटेको छ।

मंगलबार नौ अर्ब ६३ करोडको सेयर कारोबार भएकोमा बुधबार आठ अर्ब ७३ करोडको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९० करोड रूपैयाँ कमी आएको हो।

आज ३१५ वटा धितोपत्रको एक करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच भएको हो।

सम्बन्धित समाचारसबै