जेठको पहिलो कारोबार दिनमै सुनचाँदीको मूल्यमा भारी गिरावट

0 Shares

काठमाडौं – बुधबारको तुलनामा नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ३ हजार ५ सय रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ कायम भएको छ|

यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ कायम थियो ।

स्थानीय बजारमा सुनको मूल्य वैशाख २६ देखि नै करिब ओरालोमा छ । पछिल्लो ६ कारोबार दिनकै बिचमा सुनको मूल्यमा १० हजार ४ सय रुपैयाँले गिरावट आएको छ ।

सुनको मूल्य घट्दै गर्दा आज चाँदी पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ९२५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचारसबै