सोमबार पुटिनसँग फोनमा कुरा गर्ने: ट्रम्प

0 Shares

 काठमाडौँ- सोमबार डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन युद्ध अन्त्य गर्ने बारेमा कुरा गर्ने अमेरिकी राष्ट्रपतिले घोषणा गरेका छन्।

यसपछि लगत्तै उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र विभिन्न नेटो देशका नेताहरूसँग पनि कुराकानी गर्ने भएका छन्। पुटिनसँग युक्रेनमा रक्तपात रोक्ने बारेमा कुराकानी हुने उनको भनाइ छ।

रुस र युक्रेनबिच युद्धविरामको प्रत्यक्ष वार्ता असफल भएको एक दिनपछि ट्रम्पले यो घोषणा गरेका हुन्। पुटिनले टर्कीमा आमनेसामने भेट्ने जेलेन्स्कीको प्रस्ताव अस्वीकार गरेका थिए। युक्रेन र अमेरिकासहित उसका पश्चिमी सहयोगीहरू ३० दिनको युद्धविराम चाहन्छन्।

सम्बन्धित समाचारसबै