धनुषाको वाटरल्यान्ड पार्कमा कक्षा १२ को विद्यार्थीहरु विरोधमा उत्रिएर

0 Shares

धनुषा- धनुषाको रम्दैयास्थित वाटरल्यान्ड  पार्कमा कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरु विरोधमा उत्रिएर तोडफोड सुरु गरेपछि स्थिति तनावग्रस्त भएको थियो |

पार्क सञ्चालकले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूको लागि विशेष छुट घोषणा गरेकोमा परीक्षा दिएका विद्यार्थीहरु एकै पटक पौडी खेल्न गएपछि स्थिति सञ्चालकको नियन्त्रण बाहिर गएको हो ।

सञ्चालकको घोषणाअनुसार पौडी खेल्न नपाएपछि युवाहरु तोडफोडमा उत्रिएका हुन् ।सञ्चालकको घोषणाअनुसार पौडी खेल्न नपाएपछि युवाहरु तोडफोडमा उत्रिएका हुन् । स्थिति नियन्त्रण गर्न प्रहरीलाई बोलाइए पनि युवाहरु तोडफोडमा उत्रिएपछि प्रहरीले दर्जनौं राउण्ड अश्रु ग्यास प्रयोग गरेको सत्य सामाजिक सञ्जालमा आएको छ ।

विद्यार्थीहरूले ढुङ्गामुढा गर्दा भएको क्षतिको विवरण करोडौं मूल्यमा हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारसबै