कैदीबन्दीको सरुवा गरिने तीन अवस्था र ‘विशिष्ट’ कैदीको रोजाइमा

0 Shares

काठमाडौँ – गत चैत २३ गतेयता रूपन्देही जिल्ला कारागारमा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले काठमाण्डूको डिल्लीबजार कारागारमा आफूलाई स्थानान्तरण गरिदिन प्रशासनसँग माग गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना नेताले बताएका छन्।

रास्वपा सभापति लामिछाने सरुवा भएर आउन चाहेको डिल्लीबजार कारागार विभिन्न समयमा जेल सजाय पाएका राजनीतिज्ञदेखि उच्चपदस्थ अधिकारीहरूको रोजाइमा पर्ने जेल हो। करिब ७०० जना कैदीबन्दी रहेको यो कारागारमा पहिले पनि पूर्वमन्त्री र पूर्वसांसददेखि प्रभावशाली व्यक्तिहरू सजाय भुक्तान गरिरहेका छन्।

रवि लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले परिवार र पार्टी नेताहरूसँगको भेटघाट सहज हुने भएका कारण लामिछानेले आफूलाई डिल्लीबजार सारिदिन प्रशासनमा निवेदन दिएको बताए।

उच्च अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनी रूपन्देही जिल्ला अदालतमा विचाराधीन मुद्दाको फैसला पर्खिरहेका छन्।

सम्बन्धित समाचारसबै