‘सार्वजनिक खर्चमा हामी निकै कमजोर छौं’

0 Shares

काठमाडौँ- सार्वजनिक ऋणको साँवा र ब्याज (ऋण सेवा) भुक्तानीमा सरकारले गएको १० वर्षमा ११ खर्ब ९७ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्ममा बाह्य ऋणको साँवा–ब्याजमा ३ खर्ब २ अर्ब ९५ करोड (२०.३० प्रतिशत) र आन्तरिक ऋणको साँवा–ब्याजका लागि ८ खर्ब ९४ अर्ब ७६ करोड (७४.७० प्रतिशत) भुक्तानी गरेको हो ।

नेपाल सरकारका पूर्वसचिव केवल भण्डारी सामाजिक, आर्थिक विकासको प्रयासमा रहेका नेपालजस्ता मुलुकहरूमा यत्तिको सार्वजनिक ऋणलाई समस्या भन्न नमिल्ने बताउँछन्। नेपालको सार्वजनिक ऋणका सम्बन्धमा पूर्वसचिव भण्डारीसँग गरिएको कुराकानी

सरकारको सार्वजनिक ऋण वार्षिक बजेटभन्दा बढी हुनु समस्या हो कि होइन ?

सामाजिक, आर्थिक विकासको प्रयासमा रहेका मुलुकहरूमा यत्तिको सार्वजनिक ऋण समस्या भइहालेको विषय होइन । यसमा आम चासो हुनु, प्रश्न उठ्नु पनि अन्यथा होइन । आम रूपमा प्रतिव्यक्ति ऋण यति पुग्यो भनेर व्याख्या गर्नुको कुनै सैद्धान्तिक आधार भेटिँदैन । राज्यले आन्तरिक स्रोत नपुगेर नै वैदेशिक तथा आन्तरिक ऋण उठाउनुपर्ने हुन्छ । सेवा विकास, खर्चको आवश्यकता लगायतको गुणात्मकता हेर्दा अहिलेको ऋणलाई धेरै मान्न हुन्न ।

सम्बन्धित समाचारसबै