0
Shares
अमेरिकी जलसेनाका एक सदस्यलाई चीनलाई गोप्य सूचना बेचेको अभियोगमा दोषी ठहर गरिएको छ।
बीबीसीका अनुसार, क्यालिफोर्नियामा खटिएका २५ वर्षका जलसेना सदस्य जिनचाओ वेई छवटा आरोपमा दोषी पाइएका हुन्।
यी आरोपहरूमा जासुसी, जासुसीको षड्यन्त्र तथा अमेरिकी जलसेनाका जहाजहरू सम्बन्धी गोप्य तथ्याङ्क गैरकानुनी रूपमा साझेदारी गर्ने कार्य लगायत छन् ।
जिनचाओ वेईलाई एक चिनियाँ एजेन्टले सामाजिक सञ्जालमार्फत आफ्नो जालमा पारेको आरोप छ ।