साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल |

0 Shares

‍भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज तेस्रो खेल खेल्दैछ।

आइतबार भुटानको  चाङ्लिमिथाङ रंगशालामा खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।

नेपालले यसअघिका दुई खेलमा एक जित र एक हार ब्यहोरेको छ।

पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा आयोजक भुटानलाई २-१ गोलले पराजित गरेको थियो।

प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोलीले भाग लिएका छन्।

चार टोलीबीच डबल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा अंक तालिकाको शीर्ष हुने टोलीले उपाधि जित्नेछ।

आइबारपछि नेपालले अगस्ट २७ मा पुनः बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग खेल्नेछ।

प्रतियोगितामा नेपालले सातौं पटक सहभागिता जनाउँदा एक पटक उपाधि जितेको छ। नेपालले सन् २०२२ मा उपाधि जित्न सफल भएको छ।

सम्बन्धित समाचारसबै