0
Shares
काठमाडौँ — वीर अस्पतालमा उपचारमा छन् गोडामा गोली लागेका सर्लाहीका २७ वर्षीय उदय प्रकाश शाह । उनी पनि २३ गतेकै आन्दोलनमा घाइते भएका थिए ।
‘हाम्रो सरकार व्यापक भ्रष्टाचारमा थियो । लाखौं मानिस खाडी गएर पसिना बगाउने । नेताहरू देश लुट्ने यसको अन्त्यका लागि सडकमा आएको थिएँ,’ उनी भन्छन् ।
त्यो दिन संसद् भवन प्रवेश गर्ने र कब्जा गर्ने सोच थियो उनीहरूको । त्यही क्रममा गोली लाग्यो उदयलाई । साथीहरूले अस्पताल लगे ।
‘यत्रा साथीहरू मारिए। हामीले रगत बगायौ । पहिलो दिन व्यर्थै हुन्छ कि भन्ने डर लागेको थियो । तर व्यर्थ भएन,’ उनी भन्छन् । देशका लागि उनले देखेको सपना भनेको विदेश पलायन रोकिएर देशमै रोजगारी सिर्जना हुनु हो । ‘नागरिकले यही देशमा केही गर्ने वातावरण भएको हेर्न चाहन्छु,’ उनी भन्छन् ।