काठमाडौँ — नारायणगढ–मुग्लिन सडकमा केही वर्षयता विभिन्न खण्डमा पहिरो खसेर समस्या थपिरहेको छ । पहिरोकै कारण यात्रु बस पुरिने, बग्ने र यात्रुको जान जाने गरेको छ । कतिपय अवस्थामा गुडिरहेको सवारी साधनमा सडक माथिबाट ढुंगा खसेर समेत यात्रु, चालकको ज्यान जाने गरेको छ ।
शुक्रबार साँझ मुग्लिनबाट दुई किमिको दूरीमा रहेको तुइनखोला नजिकै पहिरो खस्दा फेरि समस्या थपिएको छ । तुइनखोलमा ठूला ढुंगासहित पहिरो खसिरहँदा तत्काल पन्छाएर यातायात सञ्चालनमा ल्याउन समस्या भएको थियो । दसैंको मुखमा पूर्व–पश्चिमका लागि काठमाडौंबाट हिँडेका यात्रुबीच सडकमै रोकिन बाध्य भए ।
अझै यसरी रोकिएका सवारी साधन गन्तव्यमा पुग्न पाएका छन् । ४५ घण्टामा उक्त सडक आइतबार दिउँसोबाट एकतर्फी रूपमा सञ्चालनमा आए पनि स्थानीय प्रशासनले पहिरोको जोखिम कायम रहेको भन्दै आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म सवारी आवागन रोकिदियो । चुम्लिङटारदेखि मुग्लिनसम्म र जुगेडी, नारायणगढदेखि भरतपुर गोन्द्राङसम्म रोकिएका सवारी साधन कट्न पाएनन् । थोरै संख्यामा मात्र सवारीसाधन वारपार भए ।
अझै सवारी साधन सडकमा अलपत्र अवस्थामा छन् । जथाभावी सवारी साधन रोकेर राख्दा कुरिनटार हुँदै पोखरा जाने गाडी पनि बीच सडकमै अलपत्र परे । सडक विभागका अनुसार मुग्लिन–पोखरा सडकमा कुनै समस्या छैन । यो वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले माइकिङ गरेर चालक र यात्रुलाई आग्रह गर्दै आएको छ ।
किन खसिरहन्छ तुइनखोलामा पहिरो ?