आगजनी र तोडफोडबाट लुम्बिनीमा २ अर्बकाे क्षति : मुख्यमन्त्री आचार्य

0 Shares

नेपालगन्ज — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेमा जेन-जी आन्दाेलनका क्रममा प्रदर्शनकारीले ताेडफाेड, आगजनी र लुटपाट गरेका कार्यालयकाे निरीक्षण गरेका छन् ।

उनले काेहलपुर नगरपालिकाकाे भवन निरीक्षणपछि सञ्चारकर्मीसँग बाेल्दै जनताकाे सेवा गर्ने कार्यालय ताेडफाेड गर्नु, जलाउनु र लुटपाट गर्नु निन्दनीय भएकाे बताए I मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा दुई अर्बभन्दा बढीकाे भाैतिक क्षति भएकाे जानकारी दिँदै धेरै कार्यालयबाट सेवा दिन कठिनाइ भइरहेकाे बताए । ‘आन्दाेलनकाे नाममा कागजात र लगत जलाएर जनतालाई दुःख दिने काम भएकाे छ,’ उनले भने ।

भदाै २४ गते बाँकेका दुई दर्जन कार्यालयमा ताेडफाेड, आगजनी र लुटपाट भएका थिए ।

सम्बन्धित समाचारसबै