अर्थ मन्त्रालयमा अब एकजना सचिव रहने, ४ सचिवको सरुवा

0 Shares

काठमाडौँ — दुई सचिव रहेको अर्थ मन्त्रालयमा सरकारले एक जना मात्र सचिव राख्ने निर्णय गरेको छ । तत्कालका लागि एक सचिवले मात्रै काम चलाउने भन्दै  सरुवा गरिएकाे हाे । अहिले अर्थसचिवमा घनश्याम उपाध्याय छन् ।

अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा मंगलबारको मन्त्रिपरिषद् बैठकले राजस्व सचिव दिनेश घिमिरेसहित ४ जना सचिवको सरूवा गरेको छ । घिमिरेलाई राजस्व सचिवबाट सरूवा गरेर प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवको जिम्मेवारी दिइएको छ । अर्थमा राजस्व सचिव अलग्गै राख्ने अभ्यास थियो । तर अहिले अर्को सचिव नचाहिने भन्दै कटौतीको प्रस्ताव गरेका थिए ।

अर्थ मन्त्रालय अन्तर्गतको निकाय महालेखा नियन्त्रकको जिम्मेवारीमा सचिव शोभाकान्त पौडेल छन् । वित्तीय संघीयता महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका महेश बराललाई तालिम केन्द्रमा सरूवा गरिएको छ ।

सम्बन्धित समाचारसबै