अन्तराष्ट्रिय स्तरको ‘विराट एक्सपो’ ९ पुसदेखी आयोजना हुने

0 Shares

 

भित्रको खबर संबाददाता
विराटनर, २ पुस

मोरङ उद्योग व्यपार संघले अगामी पुसमा विराटनगरमा अन्तराष्ट्रिय स्तरको दश दिने औधोगिक व्यपार मेला ‘विराट  एक्सपो’ आयोजना गर्ने भएको छ ।
मुलुककै जेठो उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य मोरङ उद्योग व्यापारले ९ देखी १९ पुससम्म विराटनगरमा अन्तराष्ट्रिय स्तरको औधोगिक व्यपार मेला ‘विराट टे«ड एक्सपो’ आयोजना गर्ने भएको हो ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीका अनुसार पहिलेदेखी नै लगाइदै आएको औधोगिक मेलाका रुपमा भव्य रुपले बिशेष आकर्षण सहित आयोजना हुने ‘विराट टे«ड एक्सपो’ २०८२ मा भारत, बंगलादेस र पाकिस्तानका २५ सहित जम्मा २३० वटा स्थलहरु रहनेछन।

जेन्जी आन्दोलनपछि उत्पन्न शिथिल तथा अनिश्चित आर्थिक गतिविधिलाई चलायमान बनाउदे स्वदेशी उद्योग÷व्यवसायको प्रवद्र्धन गर्न अघिल्ला बर्षहरुमा झै यो बर्ष पनि ‘विराट टे«ड एक्सपो’ २०८२ आयोजना गर्न लागेको अध्यक्ष राठी बताउँछन । उनका अनुसार मेला दुई लाख भन्दा बढिले अवालेकन गर्नेछन भने पचास करोड बढिको कारोवार हुनेछ ।
एक्स्पोमा नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका कोशी प्रदेश सहित अधिकांश अन्तर प्रादेशिक उत्पादनहरु प्नि प्रर्दशनी गरिनेछन । यसैगरि राष्ट्रिय÷अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताहरु बीच व्यवसायीक सम्बन्ध र सहकार्य स्थापना गर्ने कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारका लागि प्रवद्र्धनात्मक कार्यहरु गराउने मेलाको मुख्य उदेश्य रहेको छ ।

यस वर्षको एक्स्पोले नयाँ र विद्यमान उत्पादन र सेवाहरु प्रदर्शन गर्न, स्वदेशी र विदेशी उत्पादनहरु प्रदर्शन गर्न, बिक्री गर्न र व्यापार र लगानीको सम्भावनाहरु बारे छलफल गर्ने उत्कृष्ट थलो हुने एक्स्पोको सयोजक अमित सारडाले बताए । ‘ उत्पादक तथा वितरकहरुलाई आफ्ना उत्पादन र सेवाहरुको प्रदर्शनी एवं देश र विदेशमा आफ्नो बजार विस्तार र विविधीकरण गर्न एक्सपोले महत्वपूर्ण भूमिका खेल्ने  हामीले विश्वास  लिएका छौ , संयोजक सारडाले भने ।

मोरङ–सुनसरी आर्थिक करिडोरको प्रबद्धनका लागि समेत आयोजना गरिने ‘विराट  एक्सपो’मा घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त यस प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनीका अलावा छिमेकी राष्ट्र भारत लगायत बंगलादेश, पाकिस्तान आदि देशका उत्पादित वस्तुहरुको उत्पादनकर्ता र उपभोक्ता बीच सुमधुर सम्बन्ध कायम गराइने छ ।

 

एक्स्पोमा स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, कर तथा लेखा, र महिला उद्यमशीलता सम्बन्धी विभिन्न छलफल तथा गोष्ठीमार्फत सहभागीहरूलाई उपयोगी ज्ञान, सीप र अवसर प्रदान गरिनेछ । नयाँ उद्यमीका लागि स्टार्टअप सञ्चालन गर्ने अवसर, साना तथा मध्यम उद्यमका लागि व्यवसाय विस्तारका उपाय, पर्यटन प्रवद्र्धनका रणनीति, आ.ई. सम्बन्धी डिजिटल ज्ञान तथा साइबर सुरक्षा, कर–लेखा सम्बन्धी नयाँ प्रणाली तथा महिलालाई उद्यमशीलतामा प्रोत्साहन दिने कार्यक्रमहरू समावेश हुनेछन्। ।

यस एक्पोमा मुख्य प्रायोजकको रुपमा रमपम तैयारी चाउचाउ र मारुती सिमेन्ट संयुक्त रुपमा रहने छ । दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न विभिन्न स्थानिय र राष्ट्रिय व्याण्डका कलाकारहरुको प्रर्दशनी पनि एक्सपोमा हुनेछ ।

विराट एक्सपो २०८२ लाख संघीय र कोशी सरकार, विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश, उद्योग संगठन मोरङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ, विराट व्यापार संघ, मोरङ अटोमोवाइल डिलर्स एशोसिएशन, मोरङ इलेक्ट्रीक संघ लगायत विभिन्न स्थानीय व्यवसायिक संघ÷संस्थाहरुले सहयोग गरेका छन ।

देशकै पहिलो पटक उद्योग व्यापरको प्रबृद्धनका लागि २००७ सालमा स्थापना भएको मोरङ उद्योग व्यपार संघले २०५३ सालदेखी उद्योग व्यपार मेला आयोजना गर्दै आएको छ ।

 

सम्बन्धित समाचारसबै