भित्रको खबर संबाददाता
विराटनगर २ पुस
विराटनगर–६ स्थित मेरीलेबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा जारी चौथो विराटनगर हब अन्तरविद्यालय (छात्र) क्रिकेट प्रतियोगिता–२०२५ अन्तर्गत तेस्रो खेलमा ग्रीनपिस स्कुलले डीएभी स्कुललाई २ विकेटले पराजित गरेको छ ।
नेपाल क्रिक्रेट फाउन्डेसको आयोजनामा भएको विहिवारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डीएभी स्कुलले १९.३ ओभरमा सबै विकेट गुमाएर ११५ रन जोड्दै ग्रीनपिस स्कुलका लागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
डीएभीका तर्फबाट शीर्षक्रमका ब्याट्सम्यानहरूले संघर्षपूर्ण प्रदर्शन गरे पनि ग्रीनपिसका बलरहरू प्रभावकारी देखिएका थिए ।
डिएभीको ११५ रनको लक्ष्य पछ्याएको ग्रीनपिस स्कुलले ८ विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गर्दै खेल आफ्नो पक्षमा पारयो । ग्रीनपिसका ब्याट्सम्यानहरूले संयमित ब्याटिङ गर्दै अन्तिम ओभरसम्म खेललाई नियन्त्रणमा राखे । विहिवारको तेस्र्रो खेलमा सरस्वती स्कुलका दिगम्बर यादव ‘म्यान अफ द म्याच’ घोषित भए । उनले ब्याट र बल दुवै विधामा उत्कृष्ट योगदान पु¥याउँदै निर्णायक भूमिका खेलेका थिए।
प्रतियोगिता एमसीसी क्रिक्रेट फाउन्डेसन, क्रिक्रेट विथ आउट वाउण्डर्स र क्रिक्रेट युनिटको सहकार्यमा आयोजना गरिएको हो । प्रतियोगितालाई मोरङ जिल्ला क्रिकेट संघ तथा कोशी प्रदेश क्रिकेट संघ ले प्रवद्र्धन गरेका छन् ।
यस वर्षको विराटनगर हब अन्तर विद्यालयप्रतियोगिता ‘से नो ड्रग्स’ भन्ने सशक्त सामाजिक सन्देशसहित सञ्चालन भइरहेको छ। क्रिकेटमार्फत स्वस्थ जीवनशैली, अनुशासन र सकारात्मक युवा नेतृत्व विकास गर्ने उद्देश्य आयोजकले लिएको जनाएको छ ।