0
Shares
रुस र अमेरिकाबीच युद्धविरामको प्रयासका लागि वार्ता चलिरहँदा रुसले उत्तर-पूर्वी युक्रेनको सुमी शहरमा मिसाइल आक्रमण गरेको छ ।
यो आक्रमणमा कम्तीमा ६५ जना घाइते भएका छन्, जसमा १४ जना बालबालिका पनि परेका छन् । युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले रुसले दोहोरो खेल खेलेको आरोप लगाए ।
‘रुसले शान्तिको खोक्रो कुरा गर्नुभन्दा आक्रमण बन्द गर्नुपर्छ,’ उनको भनाइ छ ।
यो घटनाले रुस र युक्रेनबीचको तनावलाई थप उजागर गरेको र जारी शान्ति वार्ताको प्रभावकारितामाथि प्रश्न उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले टिप्पणी गरेका छन् ।