0
Shares
काठमाडौं|रुसलाई सघाउन उत्तर कोरियाले कम्तीमा पनि ३ हजार सिपाही पठाएको छ ।
उत्तर कोरिया र रुसले सैन्य सहकार्य गहिरो बनाउँदै गइरहेको चिन्ता बढिरहेकै समयमा यो खबर आएको हो ।
यो सहायताको बदलामा रुसले उत्तर कोरियालाई उन्नत सशस्त्र प्रविधि पठाउन सक्ने आकलन गरिएको छ ।
यसअघि नै उत्तर कोरियाले रुसतिर ११ हजार सिपाही पठाएको थियो । यीमध्ये ४ हजार सेनाको मृत्यु वा
घाउचोटग्रस्त भएको अनुमान गरिएको छ । यस्तोमा जनवरी र फेब्रुअरीमा अरू ३ हजार सेना पठाइएको देखिएको
छ,’ दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफले भनेको छ । सेना बाहेक पनि उत्तर कोरियाले रुसतिर निरन्तर
मिसाइल, गोला बारुद पठाइरहेको पनि भनिएको छ ।