‘सुनको सहर’ म्यान्डले जहाँ अहिले शवको दुर्गन्ध फैलिएको

0 Shares

म्यान्मार- म्यान्मारको दोस्रो ठूलो सहर म्यान्डलेमा ठाउँठाउँमा सुन प्रयोग गरी बनाइएका पगोडा शैलीका बौद्ध मन्दिर र समाधिस्थल थिए। कुनै बेला उक्त सहर देशको राजधानी पनि थियो। अहिले त्यहाँ शवको दुर्गन्ध फैलिएको छ।

गत साता म्याग्निट्यूड ७.७ को शक्तिशाली भूकम्पले निम्त्याएको विनाशका कारण ठूलो सङ्ख्यामा शवहरू थुप्रिएका छन्। एक स्थानीयवासीका अनुसार शवहरूको “खात बनाएर दाहसंस्कार” गर्नुपर्ने अवस्था उत्पन्न भएको छ।

म्यान्मारको सेनाका प्रमुखका अनुसार उक्त भूकम्प र त्यसका परकम्पका कारण मृत्यु हुने मानिसको सङ्ख्या २,७०० नाघेको छ भने ४,५०० जनाभन्दा बढी मानिस घाइते भएका छन्। सयौँ मानिसहरू अझै हराइरहेका छन्। हताहत हुने मानिसको सङ्ख्या बढ्न सक्ने ठानिएको छ।

ठूलो जनसङ्ख्या भएको उक्त सहरका मानिसहरूका अनुसार भूकम्प गएदेखि नै उनीहरू राति सुत्न सकेका छैनन् र खाद्यान्न तथा खानेपानीको आपूर्ति घटेकाले तिनको खोजीमा सडकमा भौँतारिन बाध्य छन्।

सम्बन्धित समाचारसबै