विश्व अर्थतन्त्रमा पारेको प्रभाव ट्रम्पको भन्सार नीतिले,

0 Shares

काठमाडौँ – विश्वको महाशक्ति राष्ट्र अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएपछि विश्व अर्थव्यवस्थामा ठूलो हलचल आउने संकेतहरु देखिएका छन् ।

उनले हालै विश्वका विभिन्न मुलुकहरुको लागि भन्सार दर तोकेका छन् । यसले अमेरिकी अर्थतन्त्रलाई त एकहदसम्म बलियो बनाउला तर कालान्तरमा प्रत्यत्पादक नै हुने सरोकारवालाहरुले बताएका छन् । ट्रम्पको नीतिले विश्व व्यापार युद्धमा फस्ने त होइन भन्ने संशय पनि पैदा भएको छ ।

उनको नीतिले अमेरिकाले अवलम्बन गर्दै आएको परम्परालाई धक्का दिने भन्दै अमेरिकी नीति निर्माताहरुले नै टिप्पणी गर्न थालेका छन् । विकासोन्मुख र विकासशील देशहरुको लागि उनको भन्सार नीति तत्कालका लागि अप्रिय कदम ठानिएको छ । एसियाली देशहरूमाथि भारी मात्रामा अतिरिक्त भन्सार महसुल लगाएका छन् । ट्रम्पले चीनबाट आउने सामानमा ३४ प्रतिशत महसुल लगाएका छन् । त्यस्तै भियतनामबाट आउने सामानमा ४६ प्रतिशत र कम्बोडियाबाट आउने सामानमा ४९ प्रतिशत भन्सार लगाएका छन् ।

यसैगरी भारतबाट आउने सामानमा भने केही कम २६ प्रतिशत मात्रै अतिरिक्त भन्सार महसुल लगाएको छ । पहिला देखि नै आर्थिक वृद्धिदर सुस्ताइरहेको अवस्थामा अमेरिकी अतिरिक्त भन्सार महसुलले माग घटेर यी देशका आर्थिक वृद्धिदर थप सुस्ताउने विश्लेषण आइरहेको छ । ट्रम्पले भारतबाट आउने औषधीलाई भने अतिरिक्त भन्सार महसुलमा समेटेका छैनन्

सम्बन्धित समाचारसबै