“एप्पलले अमेरिकामा ५०० अर्ब डलर लगानी गरिसकेको तपाईंलाई थाहा छ,” लेभिटले भनिन्, “यदि एप्पलले अमेरिकामा उत्पादन सम्भव छैन भन्ने ठानेको भए उसले यति ठूलो लगानी गर्ने थिएन होला ।”
आईफोनको विश्वव्यापी उत्पादन संरचना अमेरिकामा सार्न सकिने र सार्नुपर्ने विषयमा ट्रम्प प्रशासनले दिएको अभिव्यक्तिपछि प्रविधि क्षेत्रमा बहस सुरु भएको छ । धेरै विश्लेषकले ट्रम्प प्रशासनको दाबीलाई व्यवहारिक ठानेका छैनन् । उनीहरूका अनुसार अमेरिकामा आईफोन बनाउँदा एप्पलको लागत अत्यधिक बढ्नेछ । एप्पलले हाल गरिरहेको लगानी सामान्य खर्चअनुसार भएको उनीहरूको विश्लेषण छ ।
मङ्गलबार ह्वाइट हाउसले चीनबाट आयात हुने सामग्रीमा १०४ प्रतिशत भन्सार शुल्क बुधबारदेखि लागु हुने घोषणा गरेपछि शेयर बजारमा गिरावट आएको छ । चीनमा आईफोन उत्पादन गर्ने एप्पलको शेयर करिब ५ प्रतिशतले घटेको छ । वाल स्ट्रिटका विश्लेषकहरू अब आईफोनको मूल्य कति बढ्न सक्छ भन्ने आँकलन गरिरहेका छन् ।


