चट्याङ र हावाहुरीले भौतिक संरचना र पशुचौपायामा क्षति

0 Shares

अछाम । शुक्रबार राति दुई  बजे आएको चट्याङ र हावाहुरीले जिल्लाका विभिन्न स्थानहरूमा क्षति पुगेको छ।

प्रहरीको प्राप्त विवरण अनुसार चट्याङ पर्दा  रामारोशन गाउँपालिका–३ कालापानीमा बसोबास गर्ने गम्भिर साउँदको गोठमा बाँधिएका दुबै गाईको मृत्यु भएको छ।

सोही ठाउँका हर्क बहादुर साउँदको घरको अगाडिको भित्तामा चट्याङका कारण सामान्य चिरा परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। त्यसैगरी मंगलसेन नगरपालिका–६ स्थित प्रेमप्रसाद भण्डारीको घरनजिकै परेको चट्याङले गर्दा एकवटा बाख्राको ज्यान गएको छ।

हावाहुरीका कारण मंगलसेन नगरपालिका–१३ बस्तीमा बसोबास गर्ने लाल नेपालीको घरको जस्तापाता उडाएको समेत प्रहरीले जानकारी दिएको छ।
सम्बन्धित समाचारसबै