0
Shares
काठमाडौं । सरकारले गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा सोलुखुम्बुको थामेमा हुन लागेको आरोही सम्मेलन (समिर्टस् समिट) जोडिएको छ ।
जलवायु न्यायका लागि तिनै तहका सरकारसँगको समन्वयमा यही वैशाख ९ गते थामेमा सम्मेलन हुँदैछ ।
जलवायु न्यायको क्षेत्रमा कार्यरत संस्था साथसाथै फाउण्डेसनले आयोजना गरेको उक्त सम्मेलनमा देश, विदेशको परिचित हिमाल आरोही, जलवायु र पर्यटन विज्ञ एवं सरकारी तहबीच प्यानल छलफल हुँदैछ ।
विभिन्न क्षेत्रमा सक्रिय महिला नेतृत्वहरुको समेत सहभागी र अगुवाई रहेको साथसाथै फाउण्डेशनले गर्न लागेको सम्मेलनलाई विहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सगरमाथा संवाद सचिवालयले अपनत्व लिएको हो ।