0
Shares
मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित सुकुना बहुमुखी क्याम्पसमा आजदेखि पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन प्रारम्भ भएको छ ।
सुन्दरहरैँचामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता पनि आजै अपराह्नदेखि हुँदैछ । नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा मोरङ र सुनसरीका विभिन्न पालिकाबाट आठ वटा फुटबल टिमबीच प्रतिस्पर्धा हुने समितिका सदस्य सचिव खड्ग श्रेष्ठले राससलाई जानकारी दिए । यही वैशाख १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उपाधि जित्ने टोलीलाई नगद रू चार लाख र उपविजेतालाई रु दुई लाख प्रदान गरिनेछ ।