0
Shares
काठमाडौं । भारतको कर्नाटक राज्यका पूर्व प्रहरी महानिदेशक (डीजीपी) ओम प्रकाशको हत्या प्रकरणमा प्रहरीले श्रीमती पल्लवीलाई पक्राउ गरेको छ ।
पल्लवीलाई अदालतमा पेस गरिसकेको भारतीय प्रहरीले जनाएको छ । उनलाई १४ दिनको न्यायिक हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।मिडिया रिपोर्टअनुसार घटनामा छोरी पनि पक्राउ परेकी छन् ।
प्रहरी स्रोतका अनुसार घटना भएको समयमा ओम प्रकाश घरमा खाना खाँदै थिए । यसै क्रममा श्रीमान्-श्रीमतीबीच झगडा भयो ।
विवाद यहाँसम्म बढ्यो कि श्रीमतीले उनको हत्या गरिन्।