कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

0 Shares

काठमाडौं । कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ ।

आज बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए ।

मंगलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो ।

सम्बन्धित समाचारसबै