0
Shares
रुस- रुसले युक्रेनको राजधानी किभमा गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा नौ जनाको ज्यान गएको छ ।
रुसी आक्रमणमा अन्य ६३ जना घाइते भएका जनाएको छ ।यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ताप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको दृष्टिकोणको आलोचना गर्नुभएको थियो । जेलेन्स्कीले युक्रेनले क्रिमियामा रुसको कब्जा स्वीकार नगर्ने कुरामा जोड दिएपछि ट्रम्पले ती टिप्पणीहरू शान्ति वार्ताका लागि धेरै हानिकारक रहेको बताउनुभएको थियो ।
ट्रम्पले जेलेन्स्कीले सम्पूर्ण देश गुमाउनुअघि अर्काे तीन वर्ष लड्न सक्ने र जेलेन्स्कीले दिएको बयानले युद्धलाई लम्ब्याउने बाहेक केही नगर्ने बताउनुभएको खबरमा उल्लेख छ ।यसैबीच युक्रेनले पछिल्ला आक्रमणहरूले शान्तिको बाधक रुस हो भन्ने देखाएको बताएको छ ।