एक पुरुष बुटवलमा मृत फेला

0 Shares

बुटवल- रुपन्देहीको बुटवल उपहानगरपालिका–१३ झोलुङ्गे पुलनजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ११, बुद्धनगर बस्दै आएका अन्दाजी ३८ वर्षीय टेकबहादुर चौधरी मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार शुक्रबार विहान चौधरी पानीको नहरमा घोप्टो अवस्थामा मृत फेला परेका थिए ।  शवलाई पास्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ ।

सम्बन्धित समाचारसबै