0
Shares
काठमाडौँ- भारतलाई आरोप लगाउने काम बन्द गर्न चेतावनी दिँदै उनले घटनाको निष्पक्ष अनुसन्धानका लागि पाकिस्तान सबै सम्भव सहयोग प्रदान गर्न तयार रहेको पनि बताएका छन्।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले जम्मु-कश्मीरको पहलगाममा भएको आक्रमणमा भारतले आधारहीन आरोप लगाएको गुनासो गरेका छन्।
उनले भनेका छन्, ‘शान्ति हाम्रो चाहना हो, तर यसलाई हाम्रो कमजोरी ठानिनु हुन्न।’
प्रधानमन्त्री शाहबाज शरिफले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता राष्ट्रिय सुरक्षालाई कुनै पनि हालतमा रक्षा गर्ने बताए।