0
Shares
चितवन- चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा संकलन सुरु गर्न लागेको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा संकलन सुरु गर्न लागिएको हो।
यही वैशाख १० गतेसम्म निकुञ्जले राप्ती नदीमा गुँड खोजी गरेको थियो। गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडबाट अण्डा निकालिएको थियो। यसवर्ष दुई सयभन्दा बढी अण्डा संकलन हुने अनुमान गरिएको उनले बताए। यसवर्ष राप्ती नदीको पूर्वबाट सुरु अण्डा संकलन गरिने छ।
गत वर्ष २४७ वटा अण्डा संकलन गरी कोरलिएको थियो।