३ जना घाइते, ललितपुरमा मापसे गरेर चलाएको कार पोलमा ठोक्कियो

0 Shares

काठमाडौँ । ललितपुरमा चालकले मापसे गरेर चलाएको कार बिजुलीको पोलमा ठोकिदा ३ जना घाइते भएका छन् |

गएराति ११ बजेतिर ललितपुर महानगरपालिका–१५ हात्तीवनमा बा.१५ च ७६५२ नम्बरको फोर्ड कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कार आफैँ अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा ३ जना घाइते भएका छन् । कार चालक गोदावरी नगरपालिका–३ टौखेल बस्ने ३२ वर्षीय रूपक सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

दुर्घटनामा म्याग्दी घर भएर गोदावरी बस्ने ४० वर्षीय अमर ध्वज पौडेल, टौखेल बस्ने २२ वर्षीय विशाल बिक र २९ वर्षीय सौगात लामिछाने घाइते भएका छन् । उनीहरूको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचारसबै