घरभित्र छिर्‍यो टिपर

0 Shares

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा टिपर घरभित्र छिरेको छ।

धुलिखेल नगरपालिका -५ खड्पुचोकस्थित बनेपा पनौती सडकखण्डमा रहेको प्रदिप श्रेष्ठको घरको सटमा टिपर छिरेको हो।

मंगलबार बिहान ६ बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख २४१७ नम्बरको टिपर घरभित्र छिरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए।

‘मानवीय क्षति भने भएको छैन,’ उनले भने,’टिपर एक्कासि कसरी पस्यो भन्नेबारे अनुसन्धान भइरहेको छ।’

सम्बन्धित समाचारसबै