0
Shares
पोखरा । भारतबाट पोखरा आएका धार्मिक पर्यटक सवार बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् |
बुधबार ग१ख ३८८६ नम्बरको बस पोखरा महानगरपालिका–२२ स्थित पुम्दीभुम्दीको शान्तिस्तुपनजिकै दुर्घटनामा परेको हो ।भारतीय नागरिक ६५ वर्षीय रेखा साहु र ६१ वर्षका कोमलराम साहुको अवस्था गम्भीर रहेको कास्की प्रहरीले जनाएको छ । उनीहरूको चरक अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बुधबार पुम्दीकोटमा रहेको शिवको मूर्ति दर्शनपश्चात् उनीहरु शान्ति स्तूप हुँदै पोखरा फर्किँदै थिए ।
शान्ति स्तूपमा रहेको बसपार्कभन्दा केही तलको ओरालोमा बस मोडिन नसकी सिधै तल खस्न पुगेका थियो ।