0
Shares
काठमाडौँ। दक्षिण कोरियामा आगामी जुन ३ मा राष्ट्रपतीय निर्वाचन हुन लागेको छ।
गत डिसेम्बरमा ‘मार्शल ल’ अर्थात् सैनिक शासन लगाउने प्रयास गरेपछि पदबाट हटाइएका यून सुक यउलको स्थानमा नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुन लागेको हो।
यूनको कदमका कारण समाजमा देखिएको चरम विभाजन र आर्थिक तथा राजनीतिक परिणामलाई व्यवस्थापन गर्नु अब निर्वाचित हुने राष्ट्रपतिको दायित्व हुने छ।
उत्तर कोरियाको चुनौती तथा इतिहासकै न्यून जन्मदरजस्ता लामो समयदेखिका समस्या समाधान गर्नुपर्ने चुनौतीबीच दक्षिण कोरियामा यो निर्वाचन हुन लागेको हो।
पाँच करोड २० लाख जनसङ्ख्या रहेको पूर्वी एशियाली देशले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व कसरी चयन गर्छ भन्नेबारे यहाँ चर्चा गरिएको छ।